Adv. Sunil Kushwaha

Adv. Sunil Kushwaha

Share

LLB, MA Sociology

10/01/2026

जेन जी आन्दोलनपछि हुन लागेको, फाल्गुन २१ गतेको चुनाबको सन्दर्भमा, एक साधारण नागरिकको नाताले, मलाई हरेक नयाँ तथा पुराना दल तथा उम्मेदवारहरूसँग निम्न प्रश्नहरू सोध्न मन लाग्य‍‍ोः
१) तपाईं चुनाव जितेपछि के के गर्नुहुन्छ?

२) तपाईंको विचारमा नेपालको संविधानमा संशोधन हुनुपर्छ कि पर्दैन? पर्छ भने के के कुरा वा कुन कुन धारामा संशोधन गर्नुपर्छ?

३) तपाईको विचारमा नेपालमा संघीयता ठिक हो कि होईन?

४) नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ कि अहिलेकै संसदीय व्यवस्था ठीक छ?
५) नेपाल हिन्दु राष्ट्र हुनुपर्छ कि पर्दैन?
६) समग्रमा नेपालमा कस्तो शासन व्यवस्था चाहनुहुन्छ र किन? जवाफ पाउँ।
मलाई लाग्छ यी र यस्तै प्रश्न हरेक नागरिकले सोध्नुपर्ने हो ।

10/01/2026
09/01/2026

हुदा हुँदै छ वर्ष भैसक्यो, याद अझै ताजै छ। मन मुटु दिमागले अझै विश्वास गर्न सकिरहेको छैन। अझै कहिँ कतै छौ कि जस्त‍ो लाग्छ। हुन पनि ह‍ो तिमी त अमर छौ र अमर रहने छौ। हामी न्यायका लडाई लड्दैछौं। न्याय त के पाउनु अझै अपराधी तथा तस्करहरू मौलाएका छन् तर आम नागरिक सचेत भएका छन् , हामी न्यायका नजिक पुग्दैछौं। मलाई विश्वास छ, तिमी एकदिन अवश्य न्याय पाउनेछौ। नेपालको पहिलो वातावरण सहिद हुनेछौ, अमर रहनेछौ। हार्दिक श्रद्धान्जली। Miss You a lot..भतिज।।।

Want your business to be the top-listed Beauty Salon in Bharatpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Chitwan
Bharatpur