Anil Pandit

Anil Pandit

Share

Enterpreneur

31/03/2026

हाम्रो बानी केवल व्यवहार मात्र होइनयो हाम्रो जीवनको दिशानिर्देशक शक्ति हो।
मानिसको जीवन कुनै एक दिनको कामले होइन, उसले निरन्तर गर्ने कामले निर्धारण गर्छ। हामी अन्ततः त्यही बन्छौं, जुन हाम्रो बानी हुन्छ। दैनिक रूपमा दोहोर्याइने साना-साना व्यवहारहरूले हाम्रो सोच, चरित्र र भविष्य निर्माण गर्छन्।

बानी एकैदिनमा बन्दैन। यो समयसँगै दोहोरिँदै जाने क्रियाकलापहरूको परिणाम हो। हामीले बारम्बार गर्ने कामहरू बिस्तारै हाम्रो अवचेतन मनमा संग्रहित हुन्छन्। त्यसपछि ती कामहरू स्वचालित रूपमा हुन थाल्छन्—हामीले धेरै सोच्नै पर्दैन। यसरी हाम्रो शरीर र मनबीचको सम्बन्ध यस्तो हुन्छ कि, अन्ततः बानीले नै हामीलाई चलाउन थाल्छ।

हाम्रो बानी निर्माणमा वातावरणको ठूलो भूमिका हुन्छ। हामी कस्तो परिवेशमा बस्छौं, कस्तो संस्कारमा हुर्किन्छौं, र कस्तो जानकारी ग्रहण गर्छौंl यी सबै कुराहरूले हाम्रो व्यवहारलाई प्रभावित गर्छन्। यदि हामी सकारात्मक, अनुशासित र लक्ष्यप्रति सचेत व्यक्तिहरूसँग रहन्छौं भने, त्यस्तै बानीहरू हामीमा पनि विकास हुन्छन्। तर यदि हामी आलस्य, नकारात्मकता र बहानामा बाँच्ने वातावरणमा छौं भने, त्यही प्रवृत्ति हाम्रो जीवनमा बस्न थाल्छ।

उदाहरणका लागि, समयपालन (punctuality) लाई लिऔं। जो व्यक्ति सधैं समयमै पुग्ने बानी बनाउँछ, उसको लागि समयमै पुग्नु स्वाभाविक हुन्छ। तर जो व्यक्ति ढिला हुने बानीमा अभ्यस्त हुन्छ, उसले आफ्नो मनलाई त्यही ढंगले प्रोग्राम गरिसकेको हुन्छ। यसले देखाउँछ कि, बानी कुनै आकस्मिक कुरा होइनl यो निरन्तर अभ्यासको परिणाम हो।

त्यसैगरी, ढिलासुस्ती (procrastination), झूट बोल्ने, अरूलाई देखाउन मात्र राम्रो बन्ने, वा जिम्मेवारीबाट भाग्ने- यी सबै बानीहरू पनि अभ्यासकै परिणाम हुन्। हामीले यी व्यवहारहरू पटक–पटक दोहोर्याउँदा, ती हाम्रो स्वभावजस्तै लाग्न थाल्छन्।

तर राम्रो पक्ष के हो भने, सकारात्मक गुणहरू पनि यसैगरी विकास गर्न सकिन्छ। जिम्मेवारी लिनु, इमान्दार हुनु, सकारात्मक सोच राख्नु, मेहनती बन्नु , यी सबै पनि अभ्यासबाट बन्ने बानीहरू हुन्। जिम्मेवार व्यक्ति जन्मँदैन, ऊ बनाइन्छ। सकारात्मक सोच पनि अभ्यासबाटै विकसित हुन्छ।

यदि हामी जीवनमा राम्रो प्रदर्शन गर्न चाहन्छौं, प्रगति गर्न चाहन्छौं र ठूलो उपलब्धि हासिल गर्न चाहन्छौं भने, हामीले आफ्ना बानीहरूलाई सचेत रूपमा सुधार्नुपर्छ। सफलता कुनै एकपटक आउने परिणाम होइन, यो दैनिक अनुशासन र निरन्तर प्रयासको नतिजा हो।

त्यसैले, हामीले आफ्नो दैनिक जीवनमा गर्ने कामप्रति सजग हुन आवश्यक छ। आज हामी जे दोहोर्याइरहेका छौं, भोलि हामी त्यही बन्नेछौं। यदि हामीले नकारात्मक बानीहरूलाई सकारात्मक रचनात्मक अभ्यासहरूले प्रतिस्थापन गर्न सक्यौं भने, हामी आफ्नो भविष्यलाई नयाँ ढंगले निर्माण गर्न सक्छौं।

अन्ततः, हाम्रो बानी केवल व्यवहार मात्र होइनयो हाम्रो जीवनको दिशानिर्देशक शक्ति हो।

31/12/2025

Wishing you a year where every goal becomes achievable, every effort brings rewards, and every day fills your heart with hope.

Happy New Year 2026

25/12/2025

14/12/2025

सपनों को हक़ीक़त बनाने का जुनून रखो 🔥
क्योंकि मेहनत से बढ़कर कोई जादू नहीं होता ✨

One Night & Two days Residential Program @ Dudhe, West Bengal

10/12/2025

A big thank you for making my birthday unforgettable! Your kind words made it extra special."

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathmandu