DKURA TV

DKURA TV

Share

देश र जनताका लागि निष्पक्ष समाचार र विश्लेषण

31/08/2026

रसुवाको स्याफ्रुबेशी र टिमुरेका बाढीपीडितका लागि काठमाडौंमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा करिब ३०० बाढीपीडितलाई राखिएको छ ।

31/08/2026

नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले अमेरिकासँग डीएनए परीक्षण र चीनसँग उच्च क्षमताका आवश्यक उपकरण पनि मागेको छ।

30/08/2026

बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ ।

30/08/2026

रसुवा बाढी- विभिन्न जिल्लाबाट ७८१ जनाको शव फेला परेको र करिब २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

29/08/2026

हामीलाई प्राकृतिक प्रकोप किन ?

29/08/2026

चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली अपर त्रिशुली–१ मा

29/08/2026

गृहमन्त्री सुदन गुरुङले काम गरेको देख्दा साँच्चिकै अचम्म लागेको छ! यसरी पनि काम गर्न सकिँदो रहेछ क्यारे।! आर्मी पुलिस संगै गएको छ।। आफैं फिल्डमा होमिएको छ‘सुरक्षाकर्मीलाई हौसला दिएको छ‘ काम गर्ने शैली नै एकदम कमाण्डो खालको छ! भानु खुश्मिले लेखेका छन्, यस्तो जुजारु रात–दिन नभनी खटिने र जुनसुकै बेला आइपर्ने विपद्मा कसरी उद्धार गर्न सकिन्छ‘ जनताको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने चिन्तन भएको नेतृत्व देख्न पाउनु आफैंमा राम्रो कुरा हो‘ गृहमन्त्रीज्यू तपाईंको यो काम गर्ने शैलीलाई सम्मान छ‘ यस्तै गरी जनताको दुःखमा साथ दिँदै अगाडि बढिरहनुहोस्!

27/08/2026

विपद् प्रभावितलाई गोर्खा ब्रुअरीले १० करोड, शेखर गोल्छाले १ करोड, बिक्रम पाण्डेले १ करोड, राजेन्द्र राउतले ११ लाख दिए । सर्वसाधारण नागरिकले पनि सकेको सहयोग गर्दैछन् ।

27/08/2026

यो विपदमा त्यो मृतकको कानबाट सुन तान्ने र क्युआरबाट पैसा माग्ने दुवै उस्तै चोर हुन् । दण्डित हुनु पर्छ_पुण्य प्रसाई

26/08/2026

राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकेशी नदीमा आएको बाढी पहिरोले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्।

Want your business to be the top-listed Beauty Salon in Melbourne?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Melbourne
Melbourne, VIC