MY DAys

MY DAys

Partager

Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de MY DAys, Santé/beauté, Paris.

Photos from MY DAys's post 05/09/2025

PM KP OLI ज्यु
✍️...नेपाल सरकार कहिले सम्म नेपालीजनताको भावनासङ्ग खेल्ने हो?तपाईहरु जस्ता ठुलाबडाहरुले गर्ने विभिन्न किसिमको गतिविधि र भ्रष्टाचारहरुलाई ढाक्छोप गर्नको गर्नको लागि लखेट्दै हुनुहुन्छ सामाजिक सन्जाललाई नेपालबाट तपाईहरु लखेट्नुस तर भबिस्यमा अवश्य अरुकोसैले ल्याउने छ फेरि...........
तेसपछी तपाईहरुले पनि पोस्ट्याउनु होला facebook status तर फेरि पनि हामी नेपाली जनताले like , comment र share गर्ने छैनम्😂

😭हाम्रा सामाजिक सञ्जालका सम्झनाहरूमा भावनात्मक श्रद्धाञ्जली 🌱💔

❤️एक समय थियो जब जीवन टाढा अनि निराश महसुस हुन्थ्यो, तेतिबेला साथीभाइ र परिवार शहर, गाउँ र देश - बिदेशमा छरिएका हुन्थे। टाढा रहुन्जेल कोहि कसै को पत्तो हुदैनथ्यो साथि भाइ आफन्त इस्टमित्र सङ्ग भेट्नबोल्नको लागि दशै तिहार आउनु पर्थ्यो यदि समय र स्वास्थले साथ नदिदा त तेइ पनि सम्भव हुदैन थियो तर गतिशील समयले टेक्नोलोजीलाई अङ्गलो हाल्यो र टेक्नोलोजीले फेसबुकको बिकाश गर्यो र फेसबुक विभिन्न देश हुँदै नेपाल सम्म आईपुग्यो 1, 2, 3 हुँदै हाम्रो औला सम्म आइपुग्यो र अचानक तेति ठुलो सन्सार, सानो लाग्न थाल्यो। एक क्लिक मार्फत, हामी बाल्यकालका साथीहरूलाई खोज्न र बोलाउन सक्ने भयेउ, लामो समयदेखि हराएका आफन्तहरू, र हामीले सोचेका मानिसहरूसँग पुन सम्पर्क गर्न सक्ने भयेउ दुख- सुख साट्न सक्ने भयेउ, हाम्रा दैनिक गतिविधिहरुलाई केमेरामा कैद गरेर सार्बजनिक गरेर सुख-दुख साट्ने माध्याम बन्यो। फेसबुक केवल एउटा एप मात्र बनेन; यो हाम्रो डिजिटल डायरी बन्यो।

💙त्यसपछि इन्स्टाग्राम आयो - रंगहरू, सम्झनाहरू र कलाले भरिएको संसार। तस्बिरहरू र छोटो भिडियोहरू मार्फत, हामीले शब्दहरू बिना हाम्रा कथाहरू भन्न थाल्यौं। एउटा मुस्कान, सुर्योदय,सूर्यास्त, कफी कप ,सेड फोटो, हप्पी फोटो कैद गरेर पोस्ट गर्न थाल्यौं । यसले हामीलाई सिकायो कि एक क्षणमा पनि जीवन कति सुन्दर देखिन्छ।

💚व्हाट्सएप र मेसेन्जर हाम्रो सञ्चारको पुल बन्यो - दूरीले छुट्याएका परिवारहरूको लागि जीवन रेखा। कल, टेक्स्ट र भिडियो च्याट मार्फत, हामीले जन्मदिन मनायौं, दुख-सुख साटासाट गर्यौं, र कठिन समयमा एकअर्कालाई पनि साथ दियौं। यो केवल एउटा खबर आदानप्रदान गर्ने माध्याम मात्रै नभयेर यो हाम्रो हृदयलाई जोड्ने धागो बन्यो।

💞YouTube ले हामीलाई ज्ञान, मनोरञ्जन र आशा अनि प्रेणा दियो। नयाँ सीप सिक्नेदेखि लिएर हास्य दृश्यहरू हाम्रा मनपर्ने गीतहरू सुन्नेदेखि जीवनका कठिन प्रश्नहरूको जवाफ खोज्नेसम्म - यो हाम्रो शिक्षक, साथी र सारथि बन्यो।

💕Viber र Telegram जस्ता एपहरूले हामीलाई गोपनीयता, स्वतन्त्रता र सम्बन्ध दिए। यिनिहरुले हामिलाई भावनाहरू साट्ने र सपनाहरू योजना गर्न र जीवनले हामीलाई टाढा राख्दा पनि नजिक रहन सुरक्षित ठाउँ बने।

र अब... नेपालमा सम्भावित प्रतिबन्धको खबर फैलिँदै जाँदा, वर्षौंदेखि हाम्रो छेउमा हिँडेका प्रिय साथीहरूलाई बिदाइ गरेको जस्तो लाग्छ। यी प्लेटफर्महरूले हामीलाई प्रविधि मात्र दिएनन्; तिनीहरूले हामीलाई सम्झनाहरू, भावनाहरू र आफ्नोपनको आभास गराये।

यदि तिनीहरूलाई बिदाई गरे पनि, हामी अझै बाँच्नेछौं, तर हामी भित्रको केही कुरा सधैं अपूर्ण महसुस हुनेछ। हामीले बाडेको हाँसो, हामीले बनाएको मित्रता, हामीले व्यक्त गरेको प्रेम - यी प्लेटफर्महरू हाम्रो आधुनिक जीवनका अध्याय हुन्।

जे भए पनि, हामीले यहाँ बनाएका बन्धनहरू हाम्रो हृदयमा सधैंभरि कुँदिएका रहनेछन्। 💙

06/05/2025

No words😊

06/05/2025

हामी सलुट गर्छौ.....

सपोर्ट : हर्क साम्पाङ्ग

29/04/2025

मनिषा पुन र आशा पुनको ठगी धन्दाः दुबई बस्ने, टिकटक बनाउने र युवालाई जालमा पार्ने । सिधाकुरा जनतासंग ।

29/04/2025

VAIBHAV SURYAVANSHI:

- In IPL 2017.

- In IPL 2025*.

What a Journey of Vaibhav Suryavanshi..!!!! 🙇⭐

27/04/2025

शिक्षक साथीहरू आजै देखि जुन सुकै पार्टीमा भये पनि पार्टीको सदस्यता त्यागिदिउ। 84 को लागि यिनिहरुले गरिरहेको प्लानलाई चक्नाचुर पारेर देखाउनु पर्छ। जनताको शक्ति ,सम्पत्ति सुध्धिकरण , भ्रष्टाचार र सक्तिको दुरुपयोग..

नेपाल पुलिस मुर्दाबाद 100000......

27/04/2025

रविन्द्र मिश्रमाथि प्रहरी दुव्र्यवहार– अदालत लैजाँदा दुवै हातमा हत्कडी, नमस्ते गर्न पनि दिएनन्

नेपाल पोलिस मुर्दाबाद💪

26/04/2025

ठेक्काबाट काम गराउन सूचना निकाल्न १ महिना, मूल्याङ्कन र सम्झौता अर्को १ महिना ! ठेकेदारको ५ जना कामदारले खैनी मोल्दै काम गर्दा ३-६ महिना ! श्रमदानबाट नाच्दै र गाउँदै मात्र ४ दिनमा काम खत्तम ! सम्पन्न ! 😊😊😊 stunt क्या हाम्रो !

25/04/2025

सुन सोल्टिनी कसरी बन्छ देश 💪💪👇️

४ पटक SLC फेल भएकोलाई शिक्षामन्त्री बनाएर देश बन्छ? सुनिता डंगोल जी?

2. डाक्टरको सर्टिफिकेट किन्नेलाई स्वास्थ्य मन्त्री बनाएर जनता स्वस्थ हुन्छन्? सुनिता डंगोल जी?

3. भ्रस्टाचार मुद्दामा मुछिएका नेतालाई अर्थमन्त्री बनाएर अर्थतन्त्र बलियो हुन्छ? सुनिता डंगोल जी?

4. सिटामोलको spelling नआउनेलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिएर विकास हुन्छ? सुनिता डंगोल जी?

5. गाउँकै स्कूल बर्बाद बनाउनेलाई शिक्षा सुधारको जिम्मा दिएर शिक्षा सुध्रिन्छ? सुनिता डंगोल जी?

6. झूट बोल्न लज्जा नमान्ने मान्छेलाई प्रधानमन्त्री बनाएर देश इमान्दार बन्छ? सुनिता डंगोल जी?

7. १० वर्ष लगाएर एउटा पुल नबनाउनेलाई पूर्वाधार मन्त्री बनाएर विकास हुन्छ? सुनिता डंगोल जी?

8. दिनको १२ घण्टा फेसबुक चलाउनेलाई सूचना प्रविधि मन्त्री बनाएर डिजिटल नेपाल बन्छ? सुनिता डंगोल जी?

9. देश बेच्ने सम्झौतामा हस्ताक्षर गर्ने मान्छेलाई राष्ट्रवादी भनेर प्रचार गर्दा जनता बन्छन्? सुनिता डंगोल जी?

10. आफ्नै पार्टी फुटाउनेलाई लोकतन्त्रको संरक्षक बनाएर मुलुक चल्छ? सुनिता डंगोल जी?

11. मन्त्री हुँदा पाँच तलाको घर बनाउनेलाई गरिबी निवारणको जिम्मा दिँदा गरिबी हट्छ? सुनिता डंगोल जी?

12. २ कक्षामा नपढेका मान्छेले संविधान व्याख्या गर्दा राष्ट्र बन्छ? सुनिता डंगोल जी?

13. संसद् किनार गरेर MCC पास गर्दा सार्वभौमसत्ता सुरक्षित रहन्छ? सुनिता डंगोल जी?

14. दुई जुते टेक्न सक्दैन भनेर पार्टी खोलेका नेताले देश चलाउँछ? सुनिता डंगोल जी?

15. झुठा सपना बेच्नेलाई ‘दूरदृष्टि’ भएको नेता मान्दा देश अगाडि बढ्छ? सुनिता डंगोल जी?

16. आफ्ना मानिसलाई मात्रै रोजगारी बाँड्दा बेरोजगारी हट्छ? सुनिता डंगोल जी?

17. जनताको करबाट विदेश घुम्नेलाई ‘राष्ट्रवादी दौडाहा’ भन्ने हो? सुनिता डंगोल जी?

18. विज्ञान नबुझ्ने मान्छेलाई इनोभेसन मन्त्री बनाउँदा स्टार्टअप बढ्छन्? सुनिता डंगोल जी?

19. रेल नदेखेका मान्छेले पाँच वर्षमा रेल ल्याउँछ भन्दाको बिश्वास गर्नुपर्छ? सुनिता डंगोल जी?

20. फेसबुक स्टाटसमा कविता लेख्नेले कूटनीति सिकाउँदा छिमेकीसँग सम्बन्ध बलियो हुन्छ? सुनिता डंगोल जी?

25/04/2025

तपाईं के भन्नू हुन्छ?

Vous voulez que votre entreprise soit Salon De Beauté la plus cotée à Paris ?
Cliquez ici pour réclamer votre Listage Commercial.

Site Web

Adresse


Paris