Swasthya gatha
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swasthya gatha, Health/Beauty, Kathmandu.
10/04/2026
आफ्नो स्वास्थ्यप्रति सचेत रहनु होला 🙏
04/04/2026
***अत्यन्तै महत्त्वपूर्ण जानकारी**
🍋🍋गर्मीमा कागती पानी किन पिउने ?
स्वास्थ्य सम्बन्धी जानकारीका लागि हाम्रो पेज फलो गर्नुहोस् 🙏
04/01/2026
🤒 झाडा–पखाला लाग्दा के खाने ? 🍚🥛
झाडा–पखालामा शरीर कमजोर हुन्छ, त्यसैले हल्का र सजिलै पच्ने खाना खानु अत्यन्तै आवश्यक हुन्छ 👇
30/12/2025
झाडापखाला हुँदा देखिने प्रमुख लक्षणहरू यस्ता हुन्छन्—
दिनमा ३ पटकभन्दा बढी पातलो दिसा लाग्नु
बान्ता हुनु
शरीरमा पानीको मात्रा क्रमशः कम हुँदै जानु
आँखा गड्नु
पिसाब कम हुनु
बिरामी शिथिल र कमजोर हुँदै जानु
बच्चाले दूध चुस्न नसक्नु
रुँदा आँसु नआउनु
पेट दुख्नु
यी लक्षणहरू देखिनु झाडापखालाको संकेत हो। समयमै उपचार नगरेमा झाडापखाला गम्भीर हुन सक्ने र बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने हुन्छ। त्यसैले यस्ता लक्षण देखिएमा तुरुन्त उपचार आवश्यक हुन्छ।
झाडापखालाको उपचार केही अवस्थामा घरमै पनि गर्न सकिन्छ, तर अवस्था गम्भीर भएमा स्वास्थ्यकर्मीको सल्लाह अनिवार्य लिनुपर्छ।
Swasthya gatha
खाली पेटमा खानै नहुने खानेकुराहरु:-
१. क्याफिन - बिहान खाली पेटमा चिया र कफी पिउनाले रक्तचाप बढ्न सक्छ र ग्यासको समस्या हुन सक्छ।
२. दही – खाली पेटमा दही खाँदा एसिडिक लेभल बिग्रन्छ, जसले कब्जियत, ग्यास, अपच जस्ता समस्या निम्त्याउँछ।
३. तैलीय र मसलादार खाना - बिहान खाली पेटमा यी खानेकुरा खाँदा अपच र पेटको समस्या हुन्छ।
४. सिट्रस फलफूल - अमिलो प्रकृतिको कारणले गर्दा, खाली पेटमा सेवन गर्नाले अम्लता मात्र हुँदैन तर चयापचय पनि सुस्त हुन्छ।
५. चिसो पेय पदार्थ – बिहान उठेपछि खाली पेटमा चिसो पेय पदार्थ पिउँदा शरीरको तापक्रम बढाउन कडा परिश्रम हुन्छ।
01/12/2025
मृगौलामा समस्या हुँदा यस्ता लक्षण देखिन्छन् ।
आफू पनि जान्नुस् र अरुलाई पनि सिकाउनुस्।
27/11/2025
रुघा खोकीले हैरान हुनुहुन्छ भने
एक चम्चा अदुवाको रस एक चिम्टी बेसार थोरै मरिचको धुलो र एक चम्चा मह मिसाएर खानाले तीन दिनमा तपाईंको रुघा खोकी निको हुनेछ ।
20/11/2025
जन्डिस हुँदाखेरि कस्ता खानेकुरा खानु हुँदैन जान्नुस् है
जाडो बढ्दै छ र जाडोमा हामीलाई काम लाग्ने केही कुराहरू छन्।
आफू पनि जान्नुस् र अरुलाई पनि सिकाउनुस्।
* अदुरा र महको रस
· १ चम्चा अदुराको रस र १ चम्चा मह मिसाएर दिनमा २ पटक खानुहोस्।
· यसले कफ निकाल्नमा मदत गर्छ र घाँटीको सुन्निने कम गर्छ।
* तुलसी-मरिचको काढ़ा
· ५ वटा तुलसीका पात, ४ वटा मरिच, १ टुक्रा अदुरा, र थोरै चिनी वा गुड पानीमा उमालेर काढ़ा बनाउनुहोस्।
· बिहान र साँझ तात्तै पिउनुहोस्।
· यसले घाँटीको खस्राखुस्री, खोकी र चिसोमा छिटै राहत दिन्छ।
* बेसार मिसाएको दुध
· १ गिलास तातो दुधमा आधा चम्चा बेसार हालेर सुत्नुभन्दा अगाडि पिउनुहोस्।
· यसले संक्रमणसँग लड्न मदत गर्छ र रोगप्रतिरोधक शक्ति बढाउँछ।
* बाफ लिने (स्टिम इन्हालेसन)
· पानीमा थोरै जवानो वा भिक्स हालेर बाफ लिनुहोस्।
· यसले नाक बन्द, चिसो र साइनसको समस्यामा राहत दिन्छ।
* चिनी र मरिचको चूर्ण
· बराबर मात्रामा मरिच पाउडर, चिनी, र घिउ मिसाउनुहोस्।
· दिनमा २ पटक आधा चम्चा खानुहोस्।
· यो विशेष गरी सुख्खा खोकीमा फाइदाजनक हुन्छ।
18/11/2025
भिटामिन A को कमी हुँदा देखिने लक्षणहरू
आफूले पनि जानौँ र अरुलाई पनि सिकाउँ 🙏
Category
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Swasthya gatha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
