Birendra budha

Birendra budha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birendra budha, Beauty, cosmetic & personal care, Kathmandu.

03/09/2022

31/08/2022

समाचार
सुनसान बन्दै खर्क सँग्रह
बस्तुभाउ पाल्नका दुःखले बाजुराका पाटनहरुमा गोठ लैजाने घटे, मुगुका लेकाली क्षेत्रमा भने तीन महिना घुइँचो
सोतापाटन, बाजुरा — जेठदेखि भदौसम्म बाजुराको सोतापाटन, घोडापाटन, भितिछिर्नालगायतका खर्कमा बेग्लै रौनक हुन्थ्यो । रंगीचंगी भुइँफूलका गलैंचा ओढेका पाटनहरू यतिबेला खर्कले भरिभराउ हुन्थे । पाटनभरि भैंसी, घोडा, गाईबस्तु र भेडाबाख्रा चरिरहेका हुन्थे ।
भैंसीका घाँटीमा झुन्ड्याएका घण्टी (घाँडा) को आवाजले वातावरणमा संगीतको धुनको काम गर्थ्यो । घण्टीको र्‍याइँझ्याइँमा मिसिएर गुन्जिने गोठालाका ठाडी भाकाले खर्कको माहोल उत्सवमय बनाइदिन्थ्यो । जता हेर्‍यो उतै हरियाली, जता गयो उतै रमाइलो ।
खर्कको यो दृश्य बाजुरा मार्तडीका ७१ वर्षीय गजेन्द्र थापाको सम्झनामा मात्र जीवित छ । सात वर्षको उमेरमा पहिलो पटक हजुरबुबासँग खर्क टेकेका उनले हरेक वर्षका चार/पाँच महिना खर्कमै बितिएका छन् । जीवनको उतरार्द्धमा पनि उत्तिकै सक्रिय देखिने थापाका अहिले पनि दुहुना ३ भैंसी र ४ पाडापाडी छन् । बिहानै उठेर भैंसी दुहुनु, एक लौड्या (फलामको कराही) दूध तताएर खाएपछि बस्तुलाई घाँसपात र स्याहार गर्नु उनको दैनिकी हो । दिउँसो भैंसी चर्न गएका बेला निगालोका डोका बुनेर समय कटाउँछन् । उनको मन अचेल खर्कमा उतिसारो रमाउन छाडेको छ । खर्क आउने गाउँलेको संख्या पहिलाको तुलनामा निकै घट्न थालेपछि यहाँको वातावरण नै उराठलाग्दो हुन थालेको उनी बताउँछन् । ‘बर्खामा गाउँ त को बस्तो हो ? भयाभरका याइ (यही) हुँदा छ्या (हुन्थे),’ भितिछिर्ना पाटनमा खर्क बनाएर बसेका उनले अचेल भैंसी पाल्न छोड्दै गएका कारण खर्कहरू सुनसान बन्न थालेको बताउँदै भने, ‘भैंसा मात्रै ६/७ सय जति हुँदा छ्या । खर्क हाल्ने ठाउँ पन पाइँदैनछ्यो । अचेल त निस्सम्म (सुनसान र उराठ) छ ।’ जीवनका ६ दशक बढी खर्कमा संगत गरेका दौंतरीहरू धेरैजसो परलोक भइसकेको र बाँचेकाहरू पनि हिँडडुल गर्न नसक्ने भएर गाउँमै थलिएको सुनाउने गजेन्द्रले पछिल्लो पुस्ताले भैंसी पाल्न छोडेपछि खर्क परम्परा नै सकिने अवस्थामा पुगेको बताए । ‘भैसा नभई बाँच्न नसक्न्या, कोई मरी गया, कोई बूढा भईकन थन्किया । अचेलका केटाकेटी भैसा छुन पन घिन मान्दा छन्,’ उनले भने ।
१०/१५ वर्ष पहिलासम्म बर्खा सिजनमा भितिछिर्ना पाटनमा मात्रै एक सयभन्दा बढी खर्क हुन्थे । सयौंको संख्यामा पालिएका भैंसीले यहाँका पाटनहरू भरिन्थे । बाटोमा मोही र सामल पुर्‍याउने लेक–औल गर्ने गोठालाको ताँती हुन्थ्यो । नजिकै रहेका घोडापाटन, सोतापाटन, फुलचढाउना पाटन, बुढीमाईको थान आसपासका खर्कहरू पनि गुल्जार भेटिन्थे । ‘अहिले पाटनभरि ६ वटा मात्रै खर्क छन्,’ यही पाटनमा खर्क बनाएर बसेका मार्तडीकै ६७ वर्षीय खन्टे थापा भन्छन्, ‘हाम्रा छोराछोरी यसरी भैंसा पाल्ने होइनन् । खर्क बस्ने हामी नै अन्तिम पुस्ता हुन्छौं होला ।’ आठ वर्षअघि मात्रै १४ वटा दुहुना भैंसी आफैंले पालेको सम्झँदै अर्का गोठाला नर थापाले पहिला–पहिला खर्क सर्ने बेलाको रौनक बेग्लै हुने गरेको बताए । ‘वैशाखमा नै खर्क लैजाने सामानको जोरजाम सुरु गर्थ्यौं । खर्कमा खाने तमाखु, ओछ्याउने भेडाको छाला, मोही बनाउने मनानी, सामलतुमल तयार भइसक्थ्यो,’ उनले भने, ‘देउतालाई हेराएर (धामी बसालेर), टीकाटालो गरेर गाउँभरिका मान्छे एकै दिन खर्क आउँथे । खर्कबाट घर जाँदा पनि त्यस्तै रमाइलो हुन्थ्यो । अचेल दुई/चार जना गोठाला छन् । कैबेला आउँछन्, कैबेला जान्छन्, कसैलाई थाहा हुँदैन ।’ कतिसम्म भने भितिछिर्नामा खर्क राख्नकै लागि बडिमालिका नगरपालिकाको मार्तडी र बडिमालिकाकै वडा ६ मा पर्ने कोर्द गाउँका बासिन्दाबीच २५ वर्ष पहिला ठूलै झगडा भएको थियो । लामो समयसम्म भएको यो तनावमा अदालतले मार्तडीका बासिन्दालाई नै यहाँ खर्क राख्न पाउने फैसला सुनाएको मार्तडीका राम थापाले बताए ।

बर्खायाममा बस्तुभाउलाई औलतिर राख्दा विभिन्न रोग लाग्ने भएकाले बचाउन लेक उकाल्ने गरिन्छ । यहाँ बस्दा घरमा चाहिने डोको, नाम्लो, भकारी जस्ता निगालोका सामान बनाउने र बिरामी हुँदा उपचार उपयोगी जडीबुटी संकलन गर्ने तथा गाउँमा बस्नेलाई लेकमा उत्पादन हुने जंगली साग तरकारी र शुद्ध गोरस गाउँ पुर्‍याउने गरिन्छ । समुद्र सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा रहेका यी खर्कको दही स्वादको स्वाद चर्चित छ । यहाँको दही पहिलो पटक खाएको मान्छे मात लागेको जस्तो अनुभव गर्छ । जडीबुटीजन्य वनस्पति खाएका गाईभैंसीको दूधबाट असर दहीमा आउने गोठालाहरूको अनुमान छ । यहाँको दही खाएपछि धेरैजसोलाई तुरुन्तै निद्रा लाग्ने र कतिपयलाई बान्ता पनि हुने गरेको थापाले बताए । बाजुराको खर्क परम्परा भैंसीपालनसँग मात्रै सीमित नभएर यहाँको संस्कृतिको एउटा पाटो भएको उनको भनाइ छ । ‘खर्क हराउनु भनेको हाम्रो सदियौंदेखिको लेक–औलको संस्कृति पनि मेटिनु हो । अब यसलाई कसले जोगाउने ?,’ उनले भने । लगानी र दुःखअनुसारको आम्दानी नहुने भएकाले युवा पुस्ता पशुपालनबाट तर्किंदै गएको उनले बताए ।
बडिमालिका मात्रै नभएर बाजुराका अन्य पालिकाहरूमा खर्कको संख्या प्रत्येक वर्ष घट्दै गएको छ । त्रिवेणी नगरपालिकाको लौरी बिनाई, विष्णु पानी, चंखेली, बुढीनन्दाको छाप्रेपाटन, धनभडार, जगन्नाथको सिन्तोवा, पोरखे, स्वामीकार्तिक खापर, बुढीगंगाको जिउलेखमाडु, खप्तडछेडेदको खप्तड र गौमूल गाउँपालिकाको भैतनलगायतका क्षेत्रमा राखिने खर्कको संख्या निकै घटिसकेको र कतिपय ठाउँमा खर्क बनाउनै छोडिएको बडिमालिकाका मदन जोशीले बताए । ‘पहिला खर्कै खर्कले भरिभराउ हुने कतिपय ठाउँमा आजभोलि एउटा पनि खर्क भेटिँदैन,’ उनले भने, ‘धेरैजसोले भैंसी नै पाल्न छाडिसके । भैंसी नै नभएपछि खर्क हुने कुरा भएन ।’

पशुपालनप्रतिको आकर्षण घट्नु, पाल्ने तरिकामा पनि परिवर्तनले बस्तुभाउ खर्क लैजाने चलन हराउन लागेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख पशुपति नाथले बताए । ‘पहिलाजति भैंसी पनि पाल्दैनन् । पाल्नेले पनि एउटा भैंसी किन्ने, दूध दिउन्जेल बजारमा बेच्ने र थाकेपछि भैंसी नै बेच्ने गरेका छन् । खर्क लैजाने चलन धेरै घटिसकेको छ,’ उनले भने । यद्यपि बर्खायाममा भैंसीलाई हिमाली भेगमा लैजाँदा स्वास्थ्य राम्रो हुने, चिसो ठाउँमा तयार भएको दुग्धजन्य पदार्थको गुणस्तर पनि राम्रो हुने उनले बताए ।
परम्परागत संस्कृतिका रूपमा रहेको खर्क परम्परा हराउँदै जान थाले पनि यसलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि स्थानीय तहले भने कुनै चासो दिएका छैनन् । बाजुराका अधिकांश खर्कहरू सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय गन्तव्य बडिमालिका क्षेत्रमा पर्ने भएकाले पर्यटनसँग जोड्ने तयारी भइरहेको बडिमालिका नगर प्रमुख अमर खड्काले बताए । ‘धेरैजसो खर्कहरू बडिमालिका जाने बाटोमा पर्छन् । अब खर्क पनि संरक्षण हुने र तीर्थ जाने पर्यटकलाई पनि सुविधा हुने गरेर होमस्टे जस्तै खर्कस्टेको कार्यक्रम ल्याउने तयारीमा छौं,’ उनले भने, । ‘खर्कस्टे’ बनाउनेलाई अनुदान दिने, दुग्धजन्य परिकार बनाउन तालिम दिनेलगायतका कार्यक्रम तय गर्न लागिएको बताए ।

26/08/2022

हामी जहाँबाट उम्रिएका छौँ। जहाँबाट हिड्न सिकेका छौ,बोल्न सिकेका छौँ। त्यही हाम्रो सिकाइको बाटो हो। त्यो हाम्रो इतिहास हो। हाम्रो इतिहास, हाम्रो लवजमा छ; हाम्रो हृदयमा छ; हाम्रो भाषामा छ। हो,त्यो भाषा ’नेपाली’ हो। जुन भाषा जुम्लाको सिंजाबाट उत्पादित भएर यहाँ सम्म आयो। हामीलाई चिनायो। हामी त्यही भाषाले, आज नेपाली बोल्ने भयौँ। नेपाली भनेर गर्व गर्न लायक भयौँ।

आज त्यही जुम्लाले फेरि एउटा उपहार स्वरूप चलचित्र छायांकन गर्ने आँगन पनि हामीलाई दियो। हामी कत्ति भाग्यमानी। हामीलाई जुम्लाले कति दिन जानेको। जुम्लामा छायांकन गरिएको चलचित्र प्रकाश हाम्रो इतिासको एउटा लुकेको रड़्ग हो,जुन रड़्ग रातो हो। हो,त्यही रातो,जसले अझै पनि जुम्लामा आफ्नो छाया छोडेको छ।

हो, अझै पनि जुम्ला,मुगु,बाजुरा,डोल्पामा विकासको उज्यालो (प्रकाश) पुग्न सकेको छैन्। तर पनि यो चलचित्र बनेर पुगिसक्यो। हामीलाई जुम्लाले कहिले कोशेलीमा रसिला स्याउँका दाना पठाएको छ। कहिले रातो मँग मँग बसाउँने मार्सी चामल पठाएको छ। कहिले चिसो हावाको बेग पठाएको छ। कहिले कलकल बगिरहेको पानीको थोपा पठाएको छ। आमाले पटुकीमा बाँधेर कोसेली पठाए जस्तो जुम्लाले हामीलाई कोसेली पठाईँरहेछ। चलचित्र ‘प्रकाश’ जुम्लालाई पठाइएको, उसकै कथा बोलिरहेको कोशेली हो।

यो चलचित्रले धेरै भन्न खोजेको छ। त्यही चलचित्रको एउटा संवाद-- “रंग बद्ल्नेहरू महलमा बस्न लागे, रगत बगाउँनेहरू अझै पनि जिउँको त्यूँ छन्।”
एउटा यस्तो संवाद जहाँ हिजो, आज र सायद भोलिको नेपाल झल्किरहेको छ।

चलचित्र हेर्दा हेर्दे कत्ति प्रश्नहरूले दिमागमा लात हान्छन, पत्तै हुँदैन्। उस्तै लात,जस्तो आज पनि सत्तामा बसेकाहरूले कर्णालीलाई हानिरहेका छन्।

आज पनि कर्णाली त्यही एक टुक्रा प्रकाश (उज्यालो) को लागि छट्पट्टाई रहेको छ। कसैले एकै झल्को उज्यालो दिए,कर्णाली फक्रिएर देउडामा छमछम नाच्ने जस्तो।

अन्त्यमा, चलचित्रले भन्न खोजेका भावहरू; देखाउँन खोजेका दृश्यहरू, पर्दा पछाडीका दु:खका डोभहरू धेरै छन्। मैले कति चित्र आफै कर्णाली पुगेर देखेको छु। तपाईँहरूले कर्णालीको चित्र देख्नु भएको छैन भने, एक फेर प्रकाश बनेर हेरिदिनुस।
यो देशमा जान्न धेरै कुराहरू बाँकी छन। यो ,त्यही धेरै भित्रको एउटा थोरै गाथा हो। हेर्नुहोस, बेग्लै आन्नद आउँछ।

Good Job Prakash Rokaya (Pradeep Khadka)
Deeya Maskey Dinesh Raut & Team Prakash.

15/08/2022
08/08/2022

मुगु । हिन्दु धर्मालम्वीहरुका चारधाम छायानाथ, केदारनाथ, बद्रीनाथ मुक्तिनाथमध्ये जेठो धाम मानिने मुगुकोे छायाँनाथ धाममा मूर्तिपूजा सुरु भएको छ । शुक्रबारबाट रुपमा पूजापाठ गरी छायाँनाथतर्फ मूर्ति लगिएको छ । साथै छायाँनाथमा जनैपुर्णिमा मेला समेत शुरु भएको छ ।

छायाँनाथमा बाह्रै महिना हिउँ पर्ने र अत्याधिक जाडो हुने भएकाले मन्दिरमा बस्न नसकिने हुँदा त्यसको प्रतीकस्वरुप सदरमुकाम गमगढी नजिक रहेको छायाँनाथ रारा नगरपालिकको चैन गाउँमा रहेको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरबाट हरेक वर्षको जनै पुर्णिमाका वेला शिव, पार्वती, गणेश, शेष नाग लगायतका मुर्तिहरु नुहाउनका लागि छायाँनाथमा लग्ने गरेका हुन् ।

मन्दिरका पुजारी अश्विनीकुमार हमालका अनुसार शिवबाट सतीदेवीको अन्तिम अंग पतन भएको यस छायाँनाथको दर्शन गर्न कर्णालीका सबै जिल्ला र सुदूपश्चिमका बाजुरा, अछाम तथा अन्य जिल्ला र भारतबाट समेत तिर्थालुहरु आउने गरेका छन् । जनै पुर्णिमाका वेला छायाँनाथ तीर्थ यात्रा गरिन्छ । साउन शुक्ल प्रतिपदा देखि नै तिर्थालुहरु छायाँनाथ दर्शनका लागि जाने गर्दछन् ।

समुन्द्री सतह देखि ६ हजार मिटरभन्दा बढी उचाइमा रहेको छायाँनाथ मन्दिरमा जनै पूर्णिमाको बिहानसम्म पूजापाठ गर्दै हिन्दू धर्मावलम्बीहरु बस्छन् भने जनै पुणिमाको बेलुका सदरमुकामतर्फ मूर्ति फर्काउने परम्परा रहेको छ ।

कर्णालीलाई धनी देख्न रारा घुम्नुपर्छ 23/07/2022

कर्णालीलाई धनी देख्न रारा घुम्नुपर्छ राराताल घुम्ने अधिकांशको सपना नै हुन्छ। तर रारा घुम्ने योजना बनाउने जति सबै रारा घुम्न आउन सक्दैनन्/आउँदैनन्। रा...

Telephone

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Birendra budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.