Aaja Ko Trend
Breaking news देखि special कार्यक्रमसम्म
सत्य, छिटो र स्पष्ट जानकारी
हामी तपाईंको आवाज
01/10/2026
दोलखाको गैरीमुदीमा एक पुरुष मृत फेला,घटनास्थल खटियो प्रहरी !
दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् ।
वैतेश्वर गाउँपालिका–१ गैरीमुदीमा स्थानीय ६५ वर्षीय कृष्णवहादुर विश्वकर्मा मृत भेटिएका हुन् । उनलाई घर नजिकैकको कुलोमा लडेर मृत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन् ।
बिक बुधवार साँझदेखि हराइरहेका थिए । घटनाको खवरपछि इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी निरीक्षक विवेक घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको दोलखा प्रहरीले जनाएको छ । बिकको मृत्युको कारण खुल्न सकेको छैन ।
#नेपाल
01/10/2026
भक्तपुरको तेखापुखुमा आज बिहान एक अपरिचित महिला पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन्, मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। #नेपाल
01/10/2026
म्याग्दी सदरमुकाम बेनी स्थित न्युरोडको माथिल्लो भागबाट गयराती खसेको पहिरोको अवस्था । केहिदिनदेखि चिरा चिरा परेको जमिन असोज १४ गते राती पहिरोको रुपमा खसेको थियो । पहिरोले न्युरोडका केहि घरहरुमा क्षति भएको छ
30/09/2026
चाडपर्वलाई मध्यनजर गरि
पेट्रोलियम पदार्थको मूल्य यथावत
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र हात्तीबीच भिडन्त
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैंडा र हात्तीबीच भिडन्त भएको छ।
गैंडा र हात्ती दुवै शक्तिशाली वन्यजन्तु भएकाले उनीहरूबीच हुने भिडन्तलाई जोखिमपूर्ण मानिन्छ। सामान्यतया आफ्नो क्षेत्र, आहार वा बच्चाको सुरक्षाका क्रममा वन्यजन्तुबीच यस्तो द्वन्द्व हुने गर्छ #नेपाल
नवलपुरको डण्डा स्थित महेन्द्र राजमार्गमा चक्कु गर्दनमा राखेर म मरि दिन्छु भन्ने यसरी लिइयो थियो नियन्त्रणमा। #नेपाल #उद्धार
30/09/2026
एउटै परिवारमा विपत्तिको कहर : दुई दाजुभाइ भोटेकोशीमा बेपत्ता, अर्का भाइको हिमपहिरोमा मृत्यु
ऐंसेलुखर्कका हेमबहादुर र अमृतमाया राईका दुई छोरा भोटेकोशी बाढीमा बेपत्ता भएको एक महिनापछि अर्का छोरा घनश्याम राईको मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएको छ।
हिमपहिरोमा घनश्यामका भतिज सुरज राईसमेत बेपत्ता छन्। यससँगै एउटै परिवारका चार जना सदस्य बाढी तथा हिमपहिरोको विपत्तिमा परेका छन्।
दुई छोराको शुद्ध्याइँको तयारी गरिरहेको परिवारले घनश्यामको मृत्यु र सुरज बेपत्ता भएपछि संस्कारसमेत रोक्नुपरेको छ। परिवारमाथि लगातार आइपरेको विपत्तिले आफन्त र गाउँमा शोक छाएको छ।
#बाढीपीडित #नेपाल #उद्धार
30/09/2026
ज'टिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया ममता तामाङको हवाई उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति अस्पताल ल्याइएको छ। #नेपाल #उद्धार
30/09/2026
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा || #नेपाल #बाढीपीडित #
30/09/2026
लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन सहज बन्दै जाँदा आज दिउँसो १ बजेदेखि सबै प्रकारका सवारी साधन सञ्चालन हुने भएको छ । #नेपाल #उद्धार #बाढीपीडित
Contact the business
Telephone
Website
Address
Kathmandu
023
Alerts
Be the first to know and let us send you an email when Aaja Ko Trend posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
