Fika
Movie, music video , genuine review, real talk
15/06/2026
अमेरिकामा नेपाली संगीत जगतलाई स्तब्ध बनाउने घटना : गायक तथा संगीतकार आशिष अविरलमाथि निर्घात कुटपिट, नाक र आँखामुनिको हड्डी भाँचियो
नेपाली संगीतका चर्चित स्वर र सिर्जनाका धनी आशिष अविरल अमेरिकाको बाल्टिमोरमा कुटपिटको शिकार भएका छन्।
कामको सिलसिलामा उत्पन्न भएको विवादपछि स्थानीय एक युवक र एक युवतीले उनीमाथि निर्घात आक्रमण गरेको बताइएको छ।
घटनामा अविरलको नाक र आँखामुनिको हड्डी भाँचिएको छ भने आँखामा समेत गम्भीर चोट लागेको जनाइएको छ।
उनलाई तत्काल बाल्टिमोरस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको नाकको शल्यक्रिया गरिएको छ।
नेपाली श्रोताको मन जितेका छुनुमुनु', 'पराना', 'जिन्दगी नै भन्दिनँ', 'काले केटाले',coca-colale जस्ता चर्चित गीतका सर्जकमाथि भएको यो घटनाले नेपालदेखि विदेशमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।
भावुक प्रश्न उठेको छ— जसले जीवनभर संगीतमार्फत अरूको अनुहारमा मुस्कान छरे, आज उनै कलाकार पीडाको शय्यामा छन्।
आखिर कलाकारको सुरक्षाको जिम्मा कसले लिने?
परिवारका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्, तर पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै समय लाग्नेछ। अहिले उनका शुभेच्छुक, प्रशंसक र नेपाली संगीतप्रेमीहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
मञ्चमा उभिएर हजारौंलाई खुसी दिने कलाकार आज आफैं पीडासँग लडिरहेका छन्। उनको शीघ्र स्वास्थ्यलाभको कामना गरौं।
नेपाली चलचित्रका लोकप्रिय अभिनेता पल शाह र आकर्षक मोडल अश्मिता जुरेली एउटै भिडियोमा एकसाथ देखिएका छन्। उनीहरूको मनमोहक उपस्थितिले दर्शकमाझ विशेष उत्साह र कौतुहलता थपेको छ।
15/06/2026
महेश भट्ट प्रस्तुत नयाँ एक्शन–थ्रिलर फिल्म ‘नाम – टु लिभ इज वार’ घोषणा
प्रख्यात चलचित्रकर्मी महेश भट्टप्रस्तुतकर्ताको रूपमा जोडिएको नयाँ एक्शन–थ्रिलर फिल्म ‘नाम – टु लिभ इज वार’मा अभिनेता वीर पहारिया र वरुण शर्मा मुख्य भूमिकामा देखिने भएका छन्।
यस चलचित्रको कथा तथा पटकथा सिद्धान्त सचदेव, सुहृता दास र श्वेता बोथराले महेश भट्टको सिर्जनात्मक मार्गदर्शनमा तयार पारेका हुन्।
चलचित्रको निर्देशन पनि सिद्धान्त सचदेव ले गर्नेछन् भने मुख्य अभिनेत्रीको छनोट भने अझै गरिएको छैन।
यो चलचित्र उत्सव इन्टरटेनमेन्ट एन्ड प्रोडक्सन्सको ब्यानरमा ऋद्धि चावडा र उत्सव उपाध्यायले निर्माण गर्नेछन्।
साथै, अल्फानिओन स्टुडियोज का मेघना हिरावत उपाध्याय र कविता अग्रवालले पनि यस परियोजनालाई साथ दिएका छन्।
एक्शन र रोमाञ्चले भरिपूर्ण यस चलचित्रले दर्शकमाझ कस्तो छाप छोड्नेछ भन्ने प्रतीक्षा अहिलेबाटै सुरु भएको छ।
14/06/2026
Hero & Villain ‘१२ गाउँ २’, मा
Samir Bhatt and Prakash Shah
゚viralシ
14/06/2026
गौथली साउन १ गते बाट हल हलमा...
निर्देशक डा. कपिल रिजाल लगायत टिमलाई भब्य सफलताको
゚viralシ
14/06/2026
मै पिडित छु मै माथि आरोप छ !
゚viralシ
゚viralシ
12/06/2026
Team १२ गाउँ २
゚viralシ
12/06/2026
🎬 गौथली फिल्मको भावनात्मक गीत आँखाभरी आँसु’ सार्वजनिक
आगामी नेपाली फिल्म गौथलीको भावनात्मक गीत आँखाभरी आँसु सार्वजनिक गरिएको छ।
गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द डा. भोला रिजालले लेखेका हुन्।
निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको भिडियोमा करिब तीन दशकअघिको परम्परागत विवाहको दृश्य देखाइएको छ, जसमा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का प्रस्तुत छन्।
फिल्म श्रावण १ देखि देशभर प्रदर्शनमा आउनेछ। 🎥
゚viralシ
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu
