Nagarik Sanchar

Nagarik Sanchar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagarik Sanchar, Kathmandu.

29/08/2026

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि पु'रिएकी करिब ६ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएको छ।

29/08/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१३ गते ०७:०० बजेसम्म)

28/08/2026

भ्रम फैलाउने भिम उपाध्य हुन : हर्क राज राई

28/08/2026

श्रम संस्कृती पार्टीका अध्यक्ष सामपाङले भिम उपाध्या विरुद्ध साइवर ब्युरोमा उजुरी दिएको आफ्नो फेसबुक टाइमलाइनमा सार्वजानिकगरेका छन् ।

Photos from Nagarik Sanchar's post 28/08/2026

पवित्र धार्मिक स्थल मत्छ्यपोखरीमा यस्तो कृयाकलाप गर्नेहरु को होलान ?

28/08/2026

प्रधानमन्त्री राहद कोषको QR मा हाम्रो पार्टीको QR इडिट गरी विरोधीले राखे : माननीय हर्क राज राई

27/08/2026

सरकारले आव्हान गरेको ठाउँमा सहयोग गर्नुस : माननीय हर्क राज राई

27/08/2026

बाढी पीडित नागरिकहरुका लागि आधिकारिक रुपमा सहयोग गर्न कुनै एनजिओ, सहयोग दिनुस् भन्दै पीडित नभएकाहरुले व्यक्तिगत रुपमा क्युआर पठाउनेहरुलाई रकम नपठाऊँ ! प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमा भएको फरक फरक बैंकको खाताका राहत कोषको क्युआरहरु यहाँ छन्। आफ्नो सुविधा अनुसारको क्युआर मार्फत सबैले सक्दो सहयोग गरौं!

27/08/2026

एक लाख जम्मा गर्दा गयो १० लाख ।
पूरा समचार कमेन्टमा

27/08/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सृजित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गर्नुभएको छ।

बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाउनुभएको हो।

बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ।

सम्माननीय प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्‍याउन कडा निर्देशन दिनुभएको छ।

विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित, सफा हुनुपर्नेमा सम्माननीयज्यूको जोड छ। उहाँले क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिनुभएको छ।

Telephone

Address


Kathmandu
56900

Alerts

Be the first to know and let us send you an email when Nagarik Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.