Marga
Media/News
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा (UNGA) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जाने तय भएको छ।
भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको जीवितै भेटिने आशा सकिएपछि पीडित परिवारजनले काठमाडौँको पशुपति आर्यघाटमा कुशको शव बनाएर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार भदौ १० (अगस्ट २६) मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अझै करिब ५,०८३ जना नागरिक बेपत्ता रहेका छन्।
भोटेकोशी बाढीले रसुवागढी नाकामा चीनबाट दसैँ र तिहारका लागि आयात गरिएका तयारी पोसाक, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स र फलफूल बोकेका करिब २०० कार्गो कन्टेनरहरू बगाएको छ।
विनाशकारी बाढीका बिच अनौठो ढङ्गले जोगिएर सामाजिक सञ्जालमा भाइरल बनेको नुवाकोटको घर कुनै इन्जिनियरले नभई एक ठेकेदारले बनाएको घरधनीले बताएका छन्।
पृथ्वी राजमार्गमा आएको क्षतिपछि आपूर्ति लागत बढ्दा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु. २,१६५.३८ पुगेको छ।
बाढी आएको १० औँ दिनमा माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना पुरुषको जीवितै उद्धार गरिएको छ।
👮🚨🇳🇵
NVIDIA का CEO ले जेन्सन ह्वाङले नेपालका बाढी प्रभावितहरूका लागि १० मिलियन अमेरिकी डलर करिब १ अर्ब ५० करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।
पर्यटकीय क्षेत्र काठमाडौँको ठमेलमा सडकमा हिँडिरहेकी एक युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक स्थानमा महिला सुरक्षालाई लिएर गम्भीर चिन्ता र आक्रोश बढेको छ।
👮🚨🇳🇵
BREAKING NEWS!!
त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्रबाट नेपाल विद्युत प्राधिकरणका मेकानिकल सुपरभाइजर कबीर महर्जनको जीवितै उद्धार गरिएको छ।
कबीर महर्जनको सफल उद्धारलगत्तै सुरुङभित्र थुनिएका अर्का व्यक्तिलाई पनि बाहिर ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ। उद्धार गरिएका साहको श्वासप्रश्वास अवस्था सामान्य रहेको बताइएको छ। सुरुङभित्र अझै अन्य मानिसहरू अड्किएको आशङ्कासहित उद्धार टोलीले खोजी कार्यलाई तीव्रताका साथ जारी राखेको छ, जसले बाहिर पर्खिरहेका परिवारजन र उद्धार टोलीमा नयाँ आशा जगाएको छ।
Contact the business
Telephone
Website
Address
Budhanilkantha
Kathmandu
