ChhayaSarkar

ChhayaSarkar

Share

let's keep an eye on the Balen Government
Keep track of 1200000 jobs in 1825 days

high quality liquid detergent and home essentials instant delivery to your home/office.

24/07/2026

स्टन्टबाजीको सरकार।।
ओलीको बाटोमा बालेन।।।

10/07/2026

गाजाको तालमा ट्राफिक जरिवानाको नियम परिवर्तन गर्न खोजेपछि यस्तै हुन्छ।
यो त सुरुवात मात्रै हो।
यस्ता सयौं गणेशहरुले जीवन आहुती दिने दिन आउन सक्छ।
देश बनाउने टोली होइन देश सक्काउने टोली रहेछन्।।

02/07/2026

भन्दा विरोध गरेजस्तो हुन्छ तर सरकारबाट यस्तो म्यान्डेट पाएर आउने उपकुलपतिले शिक्षा क्षेत्रको सुधारभन्दा अन्य कुराहरूमा नै जोडबल गर्ने देखिन्छ। अब यसलाई कसैले सही भनेर अर्थ्याउन खोज्लान् तर शिक्षामन्त्रीबाट यस्तो म्यान्डेट पाउनु कदापि ठिक होइन।

Photos from ChhayaSarkar's post 20/06/2026

यतिबेला नेपाल जति भाग्यमानी कुनै देश होला र ?
यि दुई विद्वान अर्थशास्त्रीहरू देशको मुख्य दुई ढुकुटीका पहरेदार छन्।
देशको मुख्य दुई आर्थिक केन्द्र अर्थमन्त्रालय-(Dr Swarnim Waglé )र नेपाल राष्ट्र बैंक -(Dr Biswo Nath Poudel )हाँकिरहेका यी दुई व्यक्तित्वहरू अर्थशास्त्रका यावत ज्ञान अनि जानकारीहरूमा अब्बल छन्।
कहिले यी दुई अर्थशास्त्रीहरूको कुरा ध्यान दिएर सुन्ने गर्नुभएको छ एकपटक सुनेर हेर्नुस् त। यिनीहरूका विचार यिनीहरूका अर्थतन्त्रसँग सम्बन्धित विश्लेषण कति गहकिला अनि कति समय सापेक्ष हुन्छन् आशा गरौं यी दुई व्यक्तित्वहरुबाट नेपालले धेरै लाभ लिन सक्नेछ।

कहिले यी दुई अर्थशास्त्रीहरूको कुरा ध्यान दिएर सुन्ने गर्नुभएको छ एकपटक सुनेर हेर्नुस् त। यिनीहरूका विचार यिनीहरूका अर्थतन्त्रसँग सम्बन्धित विश्लेषण कति गहकिला अनि कति समय सापेक्ष हुन्छन् आशा गरौं यी दुई व्यक्तित्वहरुबाट नेपालले धेरै लाभ लिन सक्नेछ।

17/06/2026

Nepal need to get inspired from Jordan.
their consistency and dedication paid them off to play with top ranking nations. just within a timespam of 5 years, they are into the world cup. best wishes Jordan.

15/06/2026

राजा वीरेन्द्रले सन् १९७५ मा आफ्नो राज्याभिषेकको अवसरमा नेपाललाई "शान्ति क्षेत्र" (Zone of Peace - ZoP) घोषणा गरियोस् भनी संयुक्त राष्ट्रसंघ (UN) समक्ष प्रस्ताव राख्नुभएको थियो। यस पहलको मुख्य उद्देश्य नेपालको तटस्थतालाई संस्थागत गर्नु, वैदेशिक हस्तक्षेपबाट सार्वभौमसत्ताको रक्षा गर्नु र क्षेत्रीय द्वन्द्वबाट टाढा रही देशको आर्थिक विकासमा केन्द्रित हुनु थियो ।

शान्ति क्षेत्र (ZoP) प्रस्तावका मुख्य बुँदाहरू:मुख्य उद्देश्य: नेपालले अन्य देशहरूविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिमा भाग नलिने र बदलामा विदेशी शक्तिहरूले पनि नेपाललाई अर्को देशविरुद्ध शत्रुतापूर्ण गतिविधिको आधारभूमि बनाउन नपाउने अन्तर्राष्ट्रिय ग्यारेन्टी राजा वीरेन्द्रले चाहनुभएको थियो।

अन्तर्राष्ट्रिय समर्थन: यस प्रस्तावलाई विश्वव्यापी रूपमा ठूलो समर्थन प्राप्त भयो र १३० भन्दा बढी राष्ट्रहरूले यस अवधारणालाई अनुमोदन गरे।

भारतको दृष्टिकोण: व्यापक अन्तर्राष्ट्रिय समर्थनका बाबजुद नेपालको छिमेकी राष्ट्र भारतले यस प्रस्तावको कडा विरोध गरेपछि यो योजना अघि बढ्न सकेन। भारतले यस प्रस्तावलाई सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिबाट टाढिने प्रयासका रूपमा हेर्यो र यसले यस क्षेत्रमा चीनको प्रभाव बढाउन सक्ने आशंका गर्यो ।

परिणाम: यो प्रस्ताव संयुक्त राष्ट्रसंघद्वारा औपचारिक रूपमा पारित हुन सकेन र सन् १९९० मा नेपालमा पञ्चायती व्यवस्थाको अन्त्यसँगै यो योजना स्वतः निष्कृय भयो।

यद्यपि संयुक्त राष्ट्रसंघले यसलाई आधिकारिक रूपमा लागू नगरे तापनि, यो प्रस्ताव आधुनिक नेपालको इतिहासमा सबैभन्दा दूरगामी र महत्त्वाकांक्षी कूटनीतिक प्रयास मानिन्छ।

This is what king Birendra wanted Nepal to be but sadly he was unsuccessful in this mission.

07/06/2026

तपाईं हरु मध्ये कति लाई लाग्थ्यो यो फेक अकाउन्ट् हो भनेर हामिलाई चै आज बल्ल थाहा हुदैछ real हो भनेर 😎😎

31/05/2026

पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्तिमा आएको कमीका कारण सिर्जना भएको महँगीले आम नेपालीहरूको भान्सामा पारेको असर र त्यससँग जुध्न नयाँ सरकारले खासमा के–के कार्यक्रम ल्यायो?

कि नयाँ पनि कान चिरेको पर्‍यो?

कर थप्ने कुरा त बुझियो, अनि सरकारी कर्मचारीको तलब बढाएको पनि सुनियो। तर न्यूनतम तलबभन्दा पनि कम आम्दानीमा काम गर्ने सर्वसाधारणका लागि कुनै कार्यक्रम ल्यायो कि बिर्सियो?

सहरमा बस्नेका लागि ब्लु बस अनि कर्णालीका लागि हेलिकोप्टर, तर बाँकी गरिब निमुखा जनताका लागि के? बिजुलीमा कर ???

29/05/2026

त्रिभुवन विमानस्थलमा तुरुन्त आफ्नो रक्सी लगायतका लान नदिइएका सामाग्रीहरु आफै बिसर्जन गर्ने व्यवस्था गरियोस्।

29/05/2026

दुनियाभरमा कम्प्युटर ल्यापटप लगायतका विभिन्न प्रकारका इलेक्ट्रोनिक सामानहरू बिक्री गर्ने डेल कम्पनीको सेयर शुक्रबार एकै दिन ८० अर्ब डलरले बढेको छ। उक्त कम्पनीको सेयर new york stock exchangeको शुक्रबारको रेगुलर ट्रेडिङ डे पछाडिको ट्रेडिङ समयमा झन्डै ३९%ले बढेर बजार पुँजीकरण ४४१ अर्ब डलरभन्दा बढीको भएपछि सो कम्पनीका सेयर धनीहरूले एकै दिनमा ८० अर्ब डलर भन्दा बढी कमाएका छन्।
२०२६ को फेब्रुअरी मार्च र अप्रिल महिनाको त्रैमासिक रिपोर्टमा कम्पनीले ४३ दशमलव ८ बिलियन डलरको रिभेनु सङ्कलन गरेसँगै सो कम्पनीको सेयरमा उचाल आएको हो। विज्ञहरूले ३५ दशमलव ८ बिलियन डलरको अनुमानित रिभेनु हुने प्रक्षेपण गरेकोमा शो प्रक्षेपणभन्दा बढी रिभेन्यु संकलन गरेसँगै उक्त कम्पनीको प्रतिशयर आम्दानी समेत ४.८६ डलर हुन पुगेको छ।
कम्पनीको अर्को रोचक कुरा के छ भने डेल कम्पनी हाल २०२७ को क्यालेण्डरमा चलिरहेको छ। प्रचलित क्यालेण्डरभन्दा ठीक एक वर्ष अगाडि डेलको क्यालेण्डर रहेको छ। अनि डेल कम्पनीको आर्थिक वर्ष पनि फेब्रुअरीबाट सुरु भएर ज्यानुअरी ३१ मा गएर अन्त्य हुन्छ।

शुक्रबार दिनभरको ट्रेनिङमा ३.८%ले बढेको डेल कम्पनीको सेयर रेगुलर समयको बजार बन्द भएपछि पनि सेयर कारोबार गर्न मिल्ने after our trading मा ३९%को बढोत्तरी भएको हो।
यतिबेला अमेरिकाको स्टक मार्केटमा टेक सेक्टरसम्बन्धी कम्पनीहरूको सेयरमा उछाल आइरहेको छ। हिजो मात्रै मेमोरी कार्ड उत्पादन गर्ने माइक्रो टेक्नोलोजिज भन्ने कम्पनीको भ्यालुएसन बढेर एक ट्रिलियन डलर नागेको थियो।

Telephone

Website

Address


Machhapokhari, Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ChhayaSarkar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.