Sk Mission Media

Sk Mission Media

Share

खबरदारी अभियानमा सहभागी बनौ रास्ट्र प्रति ईमान्दार बनौ

Photos from Sk Mission Media's post 30/09/2026

जलवायु तथा विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले लिए शपथ

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालज्यूले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’का नवनिर्वाचित सभापति माननीय गणेश पराजुलीज्यूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

सभामुख अर्यालले समितिका नवनिर्वाचित सभापति पराजुलीलाई शपथ गराउनुभएको हो। शपथ ग्रहणसँगै पराजुलीले समितिको सभापतिको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ।

समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्सँग सम्बन्धित विषयमा अध्ययन, छलफल तथा आवश्यक पहल गर्नेछ।

Photos from Sk Mission Media's post 24/09/2026

चोरीका ६ मोटरसाइकलसहित ४ जना पक्राउ।

जिल्ला प्रहरी परिसर ललितपुरले चोरी गरिएका ६ वटा मोटरसाइकलसहित चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले ललितपुरका विभिन्न स्थानमा बस्दै आएका चार जनालाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले चोरी गरी बिक्रीका लागि राखिएका मोटरसाइकलसहित पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट KTM Duke, Honda, Yamaha MT-15, Bajaj Pulsar NS, Bajaj Pulsar र Yamaha Gladiator गरी ६ वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।

बरामद मोटरसाइकलमध्ये बा ८८ प २७८९ नम्बरको KTM Duke ३९० सीसी, बा ९७ प ८८९९ नम्बरको Honda १२५ सीसी, बागमती प्रदेश ०३-००५ प ४८३६ नम्बरको Yamaha MT-15, बागमती प्रदेश ०२-०४८ प ६७०९ नम्बरको Bajaj Pulsar NS १२५ सीसी, लु ३१ प ६४३१ नम्बरको Bajaj Pulsar २२० सीसी र ना १५ प ८०१५ नम्बरको Yamaha Gladiator रहेका छन्।

प्रहरीले मोटरसाइकल चोरीमा प्रयोग भएको भनिएका विभिन्न औजारसमेत बरामद गरेको छ। बरामद सामग्रीमा हथौडा, रेञ्च, जिनो, सोल्डरिङ आइरन, ड्रिल बिट, नट, ह्याक्सो ब्लेड, पेपर काट्ने चक्कु, डोरी, तार, बिग्रेको डिस्क, होन्डा कम्पनीको भाँचिएको चाबीलगायत रहेका छन्।
पक्राउ पर्नेमा पर्साको सिमरा उपमहानगरपालिका–३२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४, सितापाखा बस्ने १८ वर्षीय नासिर ठकुराई, सोही स्थानका १९ वर्षीय नेसार अन्सारी, १९ वर्षीय सहवाज अन्सारी र १९ वर्षीय अब्बाज अन्सारी रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

15/09/2026

ग्यास नपाउनु भएका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि

नेपाल आयल निगम (NOC)
01-5971902

NOC Quick Response Team
9851455124
9851455128

Supply सम्बन्धी गुनासो
1137

काठमाडौंका Gas Depot / Dealer सम्पर्कहरू

• Nepal Gas — 01-4970416
• Nepal Gas Industries, Ranibari — 01-4002109
• Nepal Gas Industries — 01-4263558
• Nepal Gas Depot — 01-5149701
• Suryabinayak Dealer — 9841275632
• Dhapakhel Dealer — 9841205297
• A.R. Suppliers, Tokha — 9851086510
• A.T.M Store, Purano Baneshwor — 9851035186
• A.T.M Supplier, Tokha — 9851180369
• A.P. General Store, Pasikot — 9741065850 / 9842633358 / 9813829195
• Kirtipur Mart — 9841217583
• Koirala Gas Supplier, Maligaun — 01-4436422 / 9841357911
• Krishna Govind Store — 9851139009
• Krishna Raj Store — 9841569281
• Kritam Traders, Imadol — 9851223772
• Shree Krishna Gas Udyog — 01-5218988
• Siddhartha Gas Udyog — 01-4248732
• Samakhushi Gas Depot — 01-4353843
• Surya Gas Industries — 01-4034848
• Suman Gas Centre — 01-4263741
• Suvidha Gas Services — 01-4245388
• Shree Krishna Gas Depot — 9840779413
• Gas Depot, Dayabu — 01-6210118
• Namaste Gas Depot, Baniyatar — 9851197406
• Everest Gas Udhyog — 01-5539592
• Manoj Gas Udyog — 01-4279308
• Nepal PRAA Gas Industry — 01-4003539
• Shankar Oxygen Gas — 01-4964547
• Chandan Gas Store — 9813993622
• Gas Dealer — 01-4673094

Photos from Sk Mission Media's post 14/09/2026

हरितालिका तीज २०८३ को अवसरमा पशुपतिनाथ क्षेत्रमा भक्तजन तथा दर्शनार्थीहरुलाई सहज गराउन यातायात व्यवस्थापन गर्दै ट्राफिक प्रहरी।

Photos from Sk Mission Media's post 13/09/2026

पर्सा प्रहरीको आयोजनामा “नागरिक - प्रहरी सहकार्य, कुरीतिमुक्त समाज निर्माण अभियान” सुरु

वीरगञ्ज महानगरपालिका–२० मा जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा “नागरिक–प्रहरी सहकार्य, कुरीतिमुक्त समाज निर्माण अभियान” सुरु भएको छ । समाजमा रहेका नराम्रा चलन र विकृतिहरू हटाएर सुरक्षित समाज बनाउन यो कार्यक्रम लक्षित रहेको पर्साका प्रहरी प्रमुख एसपी पवन कुमार भट्टराईले बताए ।

Photos from Sk Mission Media's post 13/09/2026

आईजीपी दान‌कार्कीद्वारा प्रहरी वृत्त गौशालाको नवनिर्मित भवनको उद्घाटन

प्रहरी महानिरीक्षक दान कार्कीले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी वृत्त गौशालाको पूर्णनवनिर्मित भवनको समुद्घाटन गर्नुभएको छ। जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको यस कार्यालयको पुनर्निर्माण स्थानीय नागरिकहरूसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।

भदौ २३ को आन्दोलनका क्रममा उपत्यकाका अन्य थुप्रै प्रहरी संरचनासँगै यो वृत्तको भवनमा पनि व्यापक तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति पुर्‍याइएको थिय ।

Photos from Sk Mission Media's post 12/09/2026

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनको टोलीद्वारानेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको अनुगमन तथा निरीक्षण सम्पन्न

नेपाल प्रहरी “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८३” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी शिद्धि बिक्रम शाह सहितको अनुगमन तथा मूल्याङकन टोलीबाट कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन,अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको निरीक्षण समेत गर्नु भएको थियो ।

साथै केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी शिद्धि बिक्रम शाहले नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाको कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै समग्र काम कारवाहिको सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले प्रस्तुतीकरण गर्नु भएको थियो । सो अवसरमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

Photos from Sk Mission Media's post 12/09/2026

“नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कनमा खटिएका एआईजीसहितको टोलीद्वारा प्रहरी वृत्त ठिमीको निरीक्षण

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८३ अन्तर्गत उत्कृष्ट प्रहरी कार्यालय छनौटका लागि विशेष टोलीले प्रहरी वृत्त ठिमी, भक्तपुरको निरीक्षण । प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी विक्रम शाहको नेतृत्वमा खटिएको टोलीले उक्त कार्यालयको स्थलगत निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा एआईजी शाहले वृत्तमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कार्यदक्षता चुस्त राख्न, नागरिक सेवालाई प्राथमिकता दिन र व्यावसायिकता प्रदर्शन गर्न आवश्यक निर्देशन समेत दिनुभएको छ ।

Photos from Sk Mission Media's post 12/09/2026

लागुऔषध सेवन परीक्षणदेखि सडक सुरक्षा सम्मका अभियानलाई प्राथमिकतामा राख्दै झापा जिल्ला ट्राफिक प्रहरीद्वारा सचेतना तथा सडक सुरक्षाका कार्यक्रमलाई तीव्रता दिएको छ।

झापा जिल्ला ट्राफिक प्रमुख इन्सपेक्टर सन्तोष राईको नेतृत्वमा पछिल्लो समय चालक तथा सहचालकलाई लक्षित गरी लागुऔषध सेवन परीक्षण, सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्।

त्यसैगरी, सडक सुरक्षालाई थप प्रभावकारी बनाउन जेब्रा क्रसिङ निर्माण तथा सडकमा आवश्यक सूचना र चेतनामूलक बोर्ड राख्ने कामलाई समेत अघि बढाइएको छ।

Photos from Sk Mission Media's post 12/09/2026

एसएसपी श्याम कृष्ण अधिकारीद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गणको निरीक्षण तथा निर्देशन

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीका प्रमुख एसएसपी श्याम कृष्ण अधिकारीद्वारा तनहुँको नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौताराको निरीक्षण तथा अनुगमन गर्ने कार्य विभिन्न समयमा हुने गरेको छ ।

एसएसपी अधिकारीले गणको प्रशासनिक शाखा, ब्यारेक, मेश, हिरासत कक्ष, तथा कार्यालय परिसरका भौतिक पूर्वाधारहरूको स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे विस्तृत जानकारी लिनुको साथै कार्यालयको दैनिक कार्यसम्पादनलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन, विभागीय नीति-निर्देशन तथा लक्ष्यहरू अनुरुप त्रुटिरहित ढंगबाट जिम्मेवारी वहन गर्न उहाँले निर्देशन दिनुभयो।

Category

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sk Mission Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.