Ramanuj Ido

Ramanuj Ido

Share

सेवा: अकस्माकम धर्मा!🌹🙏

31/05/2026

🙏💗🙏

11/01/2026

राष्ट्रिय एकता दिवसको शुभकामना ।

06/01/2026

जन्म दिनको शुभकामना नानी💓

05/01/2026

Baudhanath Stup 🌹🇳🇵🌹

24/12/2025

शुभ-जन्मोत्सव कान्छी💐💓

18/12/2025

खगेन्द्र र रुद्रकली

हाम्रो नाम खगेन्द्र र रुद्रकली हो।
हामी दुवै केवल नामका होइनौँ, मनका पनि एक–अर्कासँग गाँसिएका छौँ।
साथै जन्मिएका होइनौँ होला, तर एउटै आकाशमुनि हुर्किएका, एउटै माटोमा लडिबुडी खेलेका, एउटै पीडा र एउटै खुसी बाँडेका साथी हौँ हामी।

चितवन राष्ट्रिय निकुञ्ज—
त्यही हाम्रो जन्मथलो हो, हाम्रो संसार हो।
त्यही बाटोघाटो हामीले चिनेका थियौँ, त्यही रूखहरू हाम्रा साक्षी थिए, त्यही मानिसहरू—माउते दाइहरू—हाम्रा परिवार जस्तै थिए।
हामीले यहीँ आँखा खोलेका थियौँ, यहीँ हिँड्न सिकेका थियौँ, यहीँ जीवनको स्वाद चाखेका थियौँ।

तर एकदिन—
खासै कुन दिन थियो, हामीलाई याद छैन।
मानिसहरूको संसारमा कुनै सम्झौता भएछ।
हाम्रो घरमुली कुनै परदेशी राजासँग भेटेछन्, र सम्झौतामा हामीलाई “उपहार” बनाइएछ—
हात्तीको उपहार।

सम्झौता त त्यतिबेलै भयो,
तर कागजपत्रको झमेलाले हामी तुरुन्तै पठाइएनौँ।
समय बित्दै गयो।
हामीले सोच्यौँ—सायद त्यो कुरा त्यत्तिकै हरायो।
सायद हाम्रो भाग्य यतै लेखिएको रहेछ।
सायद हामी यहीँ रहनेछौँ, यहीँ मर्नेछौँ।

तर भाग्य यति सजिलै मान्ने कहाँ थियो र?

हिजो–अस्ति, दुई–चार दिनदेखि हल्ला चल्न थाल्यो।
हामीलाई हेर्ने आँखाहरू बदलिन थाले।
मानिसहरूको बोलीमा हामीले अनौठो डर महसुस गर्न थाल्यौँ।

“अब खगेन्द्र र रुद्रकलीलाई परदेश पठाइँदैछ रे।”

त्यो सुन्दा हामी छाँगाबाट खसेजस्तै भयौँ।
हाम्रो संसार एकाएक भत्कियो।
जन्मिएको माटो, चिनेको बाटो, देखेको आकाश,
हाम्रा साथीहरू, हाम्रा मानिसहरू—
सबैलाई छोडेर जानुपर्ने भयो भन्ने सोचले हाम्रो छाती च्यातेझैँ भयो।

आमाको कोखबाट जन्मिएको ठाउँ छोड्नु कति पीडादायी हुन्छ,
त्यो पीडा हामीले त्यस दिन चिनेका थियौँ।
हामी रोयौँ।
आँखा भरिए, मन अमिलो भयो।
नफर्किने गरी टाढा जाँदैछौँ भन्ने सत्यले
हामी जिउँदै भएर पनि मरेजस्तै भएका थियौँ।

हामीले माउते दाइहरूलाई बिन्ती गर्‍यौँ।
आँखाले बोलेर, मनले रोएर, आत्माले चिच्याएर।
तर हाम्रो भाषा कसैले बुझेन।
बुझे पनि उनीहरू के नै गर्न सक्थे र?
मानिसको संसारमा निर्णय पहिले नै भइसकेको थियो।

त्यो दिन नजिक आइपुगेछ।
हामीलाई चितवन राष्ट्रिय निकुञ्जबाट गाडीमा हालियो।
हाम्रो माटो त्यहीँ छुट्यो,
हाम्रो आकाश त्यहीँ टाढा हुँदै गयो।

भैरहवा पुर्‍याइयौँ।
त्यहाँबाट हामीलाई कहिल्यै नदेखेका
ठूला–ठूला फलामका चरा—प्लेनमा चढाइयो।
अब हामी नेपाल नफर्किने गरि कतार बेचियौ ।😭

# वैदेशिक यात्राको शुभकामना खगेन्द्र र रुद्रकली छिट्टै स्वदेश फर्किनु 💐💐

Category

Website

Address


Patan Durbar Square
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Ramanuj Ido posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Lalitpur.